- Home
- Showing Post From:-समाचार
समाचार
मनोज थापा
पाँचथर। कुम्मायक गाउँपालिका वडा नं. १, ओखलढुंगामा अवस्थित श्री ओखलढुंगा आधारभूत विद्यालयको ३८ औँ वार्षिक उत्सव तथा शैक्षिक सामग्री वितरण कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि कुम्मायक गाउँपालिका अध्यक्ष वंम प्रसाद लावती रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्काको उपस्थिति रहेको थियो। विशेष अतिथिका रूपमा वडा नं. १ का वडा अध्यक्ष देवेन्द्र कुमार लावती तथा अतिथिका रूपमा वडा सदस्य अमर पौडेल सहभागी रहनुभएको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र बहादुर सुयल थापाको अध्यक्षतामा सम्पन्न भएको हो।
समारोहमा विद्यालयलाई जग्गा दान गर्ने नरेन्द्र …
पाँचथर, २५ पुसः
विकास योजनालाई कम लागत र उपभोक्ताको अपनत्वमा सम्पन्न गर्ने उद्देश्यसहित फिदिम नगरपालिकाले चालु आ.व. २०८२-०८३ मा लागत साझेदारीका ८६ वटा योजना सञ्चालन गर्ने भएको छ।
फिदिम नगरपालिकाको शुक्रबार सम्पन्न भएको नगर सभाको १८औं अधिवेशनले १४ वटै वडामा ८६ वटा यस्ता योजना कार्यान्वयन गर्ने प्रस्ताव पारित गरेको हो। लागत साझेदारीअनुसार फिदिम नगरपालिकाले प्रत्येक योजनाहरुको ७० प्रतिशत लागत ब्यहोर्ने छ भने उपभोक्ताहरुले ३० प्रतिशत लागत साझेदारी गर्नुपर्ने छ। कूल रु. ५ करोडमा सम्पन्न हुने यी योजनाहरुमा उपभोक्ताले ३० प्रतिशत लागत साझेदारी वापत रु. एक करोड ५० लाख रकम जम्मा गर्नुपर्ने छ …
पाँचथर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँचथरमा १ लाख ४३ हजार ४ सय ८ मतदाता रहेका छन् । प्रतिनिधि सभाको लागि एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा पुरुष मतदाताको संख्या ७६ हजार ७८ र महिला मतदाताको संख्या ६७ हजार ३ सय ३० जना रहेको जिल्ला निर्वाचन कार्यालय पाँचथरका कम्युटर अपरेटर तथा सूचना अधिकारी अशोक घिसिङले जानकारी दिनुभयो ।
एक ओटा नगरपालिका र सात ओटा गाउँपालिका गरि जम्मा आठँ ओटा स्थानिय तह रहेको जिल्लामा उक्त संख्यामा आगामी फागुन २० गतेसम्म १८ वर्ष पुरा भएको मतदाताको संख्या रहेको …
पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकाको वीचबाट बग्ने निबु खोलामा गत असोज तेश्रो साता आएको बाढीले करीव तीन हजार मुरी धान फलेको खेतमा क्षति पु¥याएको पाइएको छ।
फाल्गुनन्द गाउँपालिकाका कर्मचारी र प्राविधिकहरुले धान उठाउने समयमा गरेको निरीक्षणका क्रममा एकै खोलाले ठूलो क्षति गरेको पाइएको हो। गाउँपालिकाको कृषि शाखाका प्रमुख सुगम घिमिरेका अनुसार अविरल वर्षापछि आएको बाढी र पहिरोले करीव ८०० जना कृषकहरुको खेतबारीमा क्षति गरेको थियो । जसमध्ये पनि निबु खोलामा आएको बाढीले खोलाको दायाँबायाँको धेरै खेतीयोग्य जमिन बगाएको घिमिरेको भनाइ छ।
फाल्गुनन्द गाउँपालिकाले कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई …
पाँचथर । लिम्बू पत्रकार संघ पाँचथरद्वारा पुस ११ गते शुक्रबार याक्थुङ लिम्बूहरूको महान पर्व चासोक तङनामको अवसरमा विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
लिम्बू पत्रकार संघ पाँचथरले नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आयोजना गरेको उक्त कार्यक्रममा चासोक तङनामको सांस्कृतिक महत्व र उपादेयताबारे प्रकाश पारिएको थियो। कार्यक्रममा डा. मधुराज केरुङले चासोक तङनामको मुन्धुमी मिथक र दर्शनबारे प्रस्तुति दिनुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा लिम्बू पत्रकार संघका तुम्याहाङ विजयबोध लावती रहनुभएको थियो। त्यस्तै, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् पाँचथरका अध्यक्ष सागर केरुङ, नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष भीमकुमार बास्कोटा तथा विभिन्न …
पाँचथर-पाँचथर जिल्लाको सदरमुकाम फिदिममा अवस्थित फिदिम माध्यमिक विद्यालयले ७५ औँ वार्षिकोत्सवको अवसरमा हिरक महोत्सव आयोजना गर्ने भएको छ।
विद्यालयका अनुसार महोत्सव यही माघ ९ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ।
महोत्सवको पहिलो दिन माघ ९ गते उद्घाटन कार्यक्रम, म्युजिकल पीटी प्रदर्शन, सांस्कृतिक झाँकी, स्मारिका विमोचन, हिरक स्मारक अनावरण, सम्मान तथा अभिनन्दन, विद्यार्थी प्रतिभा प्रदर्शन, शैक्षिक सामग्री प्रदर्शनीका साथै विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन्।
त्यस्तै महोत्सवको दोस्रो दिन फिदिम नगरपालिका भित्रका माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता, इन्जिनियरिङ तथा विज्ञान प्रदर्शनी, कक्षा १२ सम्मका छात्र-छात्राबीच मिनी म्याराथन, फिदिम माध्यमिक विद्यालयका शिक्षक- कर्मचारी र फिदिम नगरपालिकाका जनप्रतिनिधीबीच मैत्रीपूर्ण …
पाँचथर । बहुविवाह मुद्दामा सजाय तोकिएपछि फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला पाँचथर, कुम्मायक गाउँपालिका वडा नं. १ निवासी रुपा तमाङको जाहेरीका आधारमा दर्ता भएको बहुविवाह मुद्दामा सम्मानित पाँचथर जिल्ला अदालत, फिदिमले मिति २०७५/०१/०६ गते प्रतिवादीहरूलाई जनही १ वर्ष ५ महिना १७ दिन कैद तथा जनही रु. १५,०००/- जरिवानाको सजाय तोकेको थियो।
अदालतको फैसलापछि लामो समयदेखि फरार रहेका प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा मिति २०८२/०८/२९ गते दिउँसो करिब ४ बजे उनीहरू आफ्नै घर–वतनमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। पक्राउ परेका प्रतिवादीहरूलाई कैद तथा जरिवाना भुक्तानी प्रयोजनार्थ …
पाँचथर, मंसिर २८ —पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका–७, खामेलकमा छुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ।
मिति २०८२ मंसिर २८ गते अपराह्न करिब ४ बजे आफ्नै घरको आँगनमा ८२ वर्षीय वर्ण सिंह आङदेम्बेले आफ्नै भतिजो चन्द्रबहादुर आङदेम्बेका ३६ वर्षीय छोरा प्रेमराज आङदेम्बेमाथि छुरी प्रहार गरेका थिए। छुरी प्रहारबाट गम्भीर घाइते भएका प्रेमराज आङदेम्बेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी आङसाराङबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीका अनुसार घटनामा प्रयोग गरिएको छुरीसहित अभियुक्त वर्ण सिंह आङदेम्बेलाई नियन्त्रणमा लिइएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार छुरी लुकाइदिएको विषयलाई लिएर उत्पन्न विवादका क्रममा …
पाँचथर-पाँचथरको फिदिम नगरपालिका–१४ मा अवस्थित गुप्तेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि (HPF) ह्युमन प्राक्टिस फाउन्डेसन, फिदिम नगरपालिका र विद्यालयबीच त्रिपक्षीय साझेदारीमा परियोजना अगाडि बढाइने भएको छ।
परियोजनाअन्तर्गत कुल लागत १ करोड ४ लाख ६३ हजार ६४ रुपैयाँमा ८ कोठा रहेको विद्यालय भवन निर्माण गरिनेछ। सम्झौताअनुसार निर्माण कार्य आठ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्लेले २०८२/०८/२६ गते सम्झौता सम्पन्न भएको जानकारी गराउनुभएको छ। नयाँ भवन निर्माणपछि विद्यालयको भौतिक पूर्वाधार सुदृढ भई शैक्षिक वातावरण थप सहज र गुणस्तरीय हुने अपेक्षा गरिएको छ।









