Comments Add Comment

३३ किलोमिटर, पार गर्न १५ दिन !

मदन थापा
पाँचथर— सुन्दा अचम्म लाग्न सक्छ, ३३ किलोमिटर सडक पार गर्न कति समय लाग्छ ? तर पाँचथरको फिदिम यासोक सडक खण्डको ३३ किलोमिटर पार गर्न १५ दिन लागेको छ । सुन्दा अनौठो लागे पनि बास्तविकता साँचो हो । यसको जल्वन्त उदाहरण हुन हेटौंडा स्थाई ठेगाना बताउँने सवारी चालक अर्जुन चौलागाई । उहाँले १५ दिनपछि फिदिम यासोक सडक पार गर्न सफल हुनु भयो । तर आफूसंगै आएका अन्य ४ ट्रक लामो सयमदेखि जंगलमा अलपत्र हुदा दुःख लागेको उहाँको गुनासो थियो । “हप्ता दिन भयो, जंगलमा साथीहरु बास बसेको गाडी एक पाइलो सर्दैन् चौलागाँई मलिन स्वरमा भन्नुभयो । जे.सि.भि. प्रयोग गर्दा समेत गाडी निस्किएको छैन् । 
त्यस्तै झापाका सवारी चालक लक्ष्मण घिमिरेको पीडा पनि कम छैन् । खाद्यन्य सामाग्री बोकेर फिदिमबाट ३३ किलोमिटर दक्षि्ण कुम्मायकमा पुग्न उहाँलाई पनि ३ दिन लाग्यो । सडक र जङ्गलमै दिनरात चाउचाउ र पानीका भरमा बास बस्दै यासोक बजार पुगे । हिलाम्मे सडकमा फसेको गाडी निकाल्न घिमिरेले ठुलै मेहेनत गर्नु पर्‍यो ।

सो सडकका कारण विरामी बोकेका एम्बुलेन्स, अत्यावश्यक कामले हिडेका यात्रुहरु सहजै गत्तब्यमा पुग्न सकेका छैनन् । स्थानीय बजारमा खाद्यन्य संकट देर्खा पर्न थालेको छ । वर्षेनी यस्तै समस्या दोहोरिदा सरकारको अनुभूति गर्न नसकेको स्थानीयवासी राजु खतिवडाले बताउँनुभयो । ठेकेदार र सम्बन्धित निकायको बद्मासीले आफुहरुले सास्ती भोग्नु परेको उनको गुनासो छ । समयमै सडकको काम पूरा गर्न पटक-पटक जनप्रतिनिधि, पूर्वाधार विकाश, ठेकेदार र प्रदेश सरकारलाई हार गुहार गर्दा समेत चासो नदिएको खतिवडाले गुनासो गर्नुभयो । 
यासोक—सरखण्डे ११.३१० किलोमिटर सडक कालो पत्रे गर्न प्रदेश १ सरकारको सहयोगमा पूर्वाधार विकास कार्यालय पाँचथरले लामा च्याङमिला जेभी काठमाण्डौलाई २०७६ सालमा ठेक्का दिएको थियो । २०७८ असारमा काम पूरा गर्ने गरी ठेकेदार कम्पनीले ५३ करोड ३३ लाख ६ हजार ४ सय ८१ रकममा ठेक्का पाएको थियो । सो अवधिमा योजनाकाम पूरा नहुदा नागरिकले वर्षेनी सास्ती भोग्न बाध्य भएका छन् । हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे सड्कका कारण जिल्लाको कुम्मायक, फाल्गुनन्द र तुम्बेवा गाउँपालिकाका नागरिक मारमा परेका हुन । अहिले ठेकेदार र सम्बन्धित निकायले चासो नदिदा योजना अलपत्र परेको स्थानीयले बताएका छन् । 
योजनाको काम गर्दै आएको ठेकेदार कम्पनी कोरोना भाइरस र बर्खाको कारण देखाउँदै पन्छिने गरेको छ । यता पूर्वाधार विकास कार्यालय पाँचथरले सुरुमा काम राम्रो गरेको तर हाल आएर ठेकेदार कम्पनी सम्पर्क विहिन भएको जनाएको छ । कार्यालयका प्रमुख ललितकुमार चौधरीले भन्नुभयो कार्यालयको तर्फबाट निर्माण क्षेत्रमा खटिन निर्देशन दिएका थियौं । निर्देशन दिएको सुरुवाती समयमा राम्रो काम गरेको थियो । तर अहिले ठेकेदार कम्पनी सम्पर्क विहिन छ । पटकपटक सम्पर्क गर्दा समेत सम्पर्कमा आएको छैन् चौधरीले भन्नुभयो । 
ठेकेदार कम्पनीले योजनाको ४५ प्रतिशत भौतिक र ३५ प्रतिशत आर्थिक प्रगति गरेको छ । योजनाको काम पूरा गर्न पूनः ६ महिना म्यादथप गरिएको छ । सो समयमा पनि योजना पूरा नभए एक वर्षसम्म म्याद थप गर्न सकिने कार्यालयले जनाएको छ । 

यसै बीच कुम्मायक गाउँपालिकाले तत्काल योजनाको अघि बढाउँन ठेकेदारलाई पत्रचार गर्ने बताएको छ । पूर्व सहमती अनुसार काम गर्न अटेर गरे कानुनी उपचारको खोजी गर्ने कार्यपालिका सदस्य तथा  १ नम्बर वडा अध्यक्ष देबेन्द्रकुमार लावतीको भनाइ छ । उहाँ भन्नुहुन्छ् गाउँपालिकाको पहलमा बाह्रै महिना सवारी आवागमनमा सहज बनाउँने बिषयमा ठेकेदार, पूर्वाधार विकास कार्यालय र जनप्रतिनिधि बीच सहमती भएको थियो  । तर उक्त सहमतीलाई ठेकेदारले लत्याएपछि नागरिकले सास्ती पाएको भन्दै गुनोसो व्यक्त गर्नुभएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ