Comments Add Comment

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ 

२०७८ फाल्गुन २९ गते 

पाँचथर- सुनसरीको ईनरुवा नगरपालिका-४ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ  गरेको छ । लागुऔषध ब्राउनसुगरको ओसारपसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-८ का २२ बर्षीय मिथुन कुमार यादव र १९ बर्षीय प्रमोद कुमार सरदारलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ९६ ग्राम लागुऔषध ब्राउनसुगर तथा लागुऔषध ओसार पसारमा प्रयोग गरिएको BR-38-S-0623 भारतीय नम्वरको मोटरसाईकल समेत बरामद गरेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको  १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisement skip this