Comments Add Comment

तमोर नदी किनारमा महिला मृत फेला

२०७८ चैत्र १ गते

पाँचथर- धनकुटाको धनकुटा नगरपालिका-९ मुलघाट स्थित तमोर नदीमा एक महिला  मृत अवस्थामा फेला परेकि छन। मृत फेला परेकि महिला धनकुटा नगरपालिका-९ स्थित बिश्रान्ती बृद्धा आश्रममा बस्दै आएकी ५६ बर्षीया देवी लामिछाने रहेकि छन । लामिछाने फाल्गुन २९ गते दिउँसो बृद्ध आश्रम देखि हराई बेपत्ता भएपछी प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा आज बिहान सवा ९ बजे नदी किनारमा मृत अवस्थामा फेला पारेको हो । मृत लाश पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट अन्य थप अनुसन्धान भईरहेको  १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका सूचना समन्वय अधिकृत तथा प्रहरी प्रवक्ता प्रहरी  उपरीक्षक नविनराज राईले बताउनुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ