Comments Add Comment

पाँचथरको यासोक बजारमा २ देखी ४ गतेसम्म त्रिशाली पुजा तथा मेला लगाउने निर्णय

मदन थापा,

पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा ३-३ बर्षको अन्तरालमा लाग्दै आएको त्रिशाली पुजा तथा मेला ( तङ्सुम तङनाम ) बैसाख २ गते देखि लगाउने निर्णय भएको छ । बुधवार यासोक स्थित जनभवनमा बसेको सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको हो । २०७९ बैसाख २ गते कुम्मायक कुसायकमा पुजा गर्ने तथा ३ र ४ गते मेला लगाउने निर्णय गरेको कुम्मायक गाउँपालिका १ नं. वडा अध्यक्ष देवेन्द्र कुमार लावतीले जानकारी गराउनुभएको छ।

यसैबिच लावतीकै अध्यक्षतामा पुजा तथा मेला समारोह समिति गठन भएको छ । समिति ३५ सदस्य रहेको छ । त्यस्तै गाउँपालिका अध्यक्ष जय बहादुर चेम्जोङको अध्यक्षतामा ९ सदस्य सल्लाकार समिति पनि गठन भएको छ । प्रत्येक तिन बर्षमा लाग्दै आएको पुजा तथा मेला यस अघिनै लाग्नु पर्ने भएता पनि कोरोना भाईरसको जोखिमको कारण लाग्न सकेको थिएन । कोरोना भाईरसको जोखिम कम हुँदै गएपछि यस पटक भने पुजा तथा मेला लगाउने निर्णय भएको गाउँपालिका अध्यक्ष जय बहादुर चेम्जोङले जाकारी गराउनुभएको छ । यासोक बजारमा लाग्दै आएको त्रिशाली पुजा तथा मेला तङ्सुम तङनाम पुर्वको ठुलो मेलाको रुपमा पनि लिईन्छ । कुम्मायक कुसायक मन्दिरमा पुजा गरे मनले सोचेको पुग्ने जन विश्वास रहि आएको छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisement skip this