दिपक दुलाल,चैत्र २
फाल्गुनन्द गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता भोलिदेखि फाल्गुनन्द २, इम्बूङमा शुरु हुने भएको छ।
यसवर्षको फाल्गुनन्द गाउँपालिका स्तरीय अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता फाल्गुनन्द २ स्थित सत्यहाङ्मा माध्यमिक विद्यालय इम्बूङमा भोलिदेखि सञ्चालन हुने भएको हो ।
फाल्गुनन्द गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयहरुले सहभागिता जनाउँने उक्त प्रतियोगिता सञ्चालनको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको खेल आयोजक मूल समितिका सचिव तथा सत्यहाङ्मा माध्यमिक विद्यालयका प्रधानाध्यापक रामभक्ति नेम्वाङले जानकारी दिनुभयो ।
३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छात्र तथा छात्राहरुको भलिबल, कबड्डी, विभिन्न दुरीका दौड,हाइजम्प,लङजम्प,त्रिपलजम्प,ज्याभलिङ थ्रो,सटफुट, कराँते,तेक्वान्दो,उसु लगायतका खेलहरु सञ्चालन गरिने उहाँले बताउँनुभयो ।
फाल्गुनन्द गाउँपालिकाका जननिर्वाचित प्रतिनिधीहरु लगायतको उपस्थितीमा संघिय सरकारका पूर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले खेलको उद्धघाटन गर्नुहुने भएको छ ।
राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता फाल्गुनन्द गाउँपालिकाको आर्थिक सहयोग र सत्यहाङ्मा माध्यमिक विद्यालयको आयोजनामा सञ्चालन हुन लागेको हाम्रा सहकर्मी दिपक दुलालले जानकारी दिनुभयो ।