Comments Add Comment

त्रिशाली पुजा एवं मेलाको पूर्व तयारी :आजै उप-समिति गठन गर्ने

रमेश थापा 
पाँचथर- 
पाँचथरको कुम्मायक गाँउपालिका केन्द्र यासोक बजारमा लाग्ने त्रिशाली पुजा एवं मेलाको पूर्व तयारी अघि बढेको छ । बैशाख २ देखि ४ गतेसम्म लाग्ने ऐतिहासिक तङ्सुम तङ्नाम त्रीशाली मेलाको मिति सार्वजनिक भएसंगै मुल समारोह समिति गठन भएको थियो । कुम्मायक-१ का वडाअध्यक्ष देबेन्द्र कुमार लावतीको अध्यक्षतामा गठित समितिले आ-आफ्नो गहृकार्य अघि बढाएको छ । पुजा र मेला भब्य र सब्य रुपमा सम्पन्न गर्न आज उप-समिति गठन गरी जिम्मेवारी बाडफाड गर्न लागिएको हो ।
बिश्वसञ्चार अनलाइन संग कुरा गर्दै अध्यक्ष लावतीले भन्नुभयो। “मेला र पुजा सफल र प्रभावकारी ढंगबाट अघि बढाउन बिभिन्न उप-समिति गठन गर्नु पर्ने हुन्छ । उपसमिति मार्फत तयारी तिब्र पार्नु पर्ने भएकाले आज बैठकको मिति तय गरिएको हो ।’
 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisement skip this