Comments Add Comment

त्रिशाली पुजा एवं मेलाको तयारी तिब्र : उपसमितिबाट जिम्मेवारी बाडफाड

रमेश थापा
पॉचथर—
पॉचथरको कुम्मायक गाउ‘पालिका केन्द्रमा लाग्ने त्रिशाली पुजा र मेलाको तयारी तिब्र पारिएको छ । पूर्वको ऐतिहासिक धार्मिक स्थल कुम्मायक—कुस्सायकमा तीन वर्षको अन्तरमा लाग्ने त्रिशाली पुजा र मेलाको तयारी तिब्र पारिएको हो । बैशाख २ गतेदेखि ४ गतेसम्म लाग्ने तङ्सुम तङ्नाम त्रिशाली पूजा एवं मेला सञ्चालन गर्न गाउ‘पालिकाले १८ लाख रुपैयॉ बिनियोजन गरेको छ । 
गाउपालिकाले तेस्रो कुम्मायक कुस्सायक अन्तराष्ट्रिय आमन्त्रण गोल्ड कपको लागि ६ लाख ५० हजार सहयोग गर्ने भएको छ । कोल्ड कपको आयोजना सयपत्री क्लव कुम्मायकले गर्ने  भएको छ । त्यस्तै भलिवल प्रतियोगिताको लागि कुम्मायक—कुस्सायक समाज नेपालले आयोजना गर्ने भएको हो । भलिवलको लागि पालिकाले २ लाख सहयोग गर्ने भएको कुम्मायक—१ का वडाअध्यक्ष तथा मुल समारोह समिति अध्यक्ष देबेन्द्रकुमार लावतीले जानकारी दिनुभयो ।  
त्यस्तै ब्याडमिन्टन प्रतियोगिता कुम्मायक ब्याडमिन्टन संघले आयोजना गर्ने भएको छ । संघलाई १ लाख सहयोग गर्ने भएको छ । यस अघिका कुनै पनि त्रिशाली मेला र पुजाको अवसरमा कुम्मायक गाउ‘पालिका भित्रका स्रष्टा/कलाकार सम्मान कार्यक्रम भएको थिएन । तर यस पटक भने गाउ‘पालिकाले स्रष्टा/कलाकार सम्मान तथा सास्कृतिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रम सञ्चालन गर्न गाउापालिकाकै सङ्कल्प ब्याण्डलाई जिम्मेवारी तोकिएको छ । स्रष्टा/कलाकार सम्मानको लागि २ लाख ५० हजार बिनियोजन गरेको लावतीको भनाइ छ ।

 मेलाको अन्य आकर्षणमा रमाइलो मिनि मेला, रोटेपिङ, स्टलहरु सहित राष्ट्रिय कलाकारहरुको उपस्थितिमा सास्कृतिक कार्यक्रम हुने समितिले जनाएको छ । मुल समारोह समितिले पूजा व्यावस्थापन उपसमिति, प्रचारप्रसार उपसमिति, मेला बजार ब्यवस्थापन उपसमिति, खेलकुद उपसमिति लगायतका समिति गठन गरी जिम्मेवारी बााडफाड समेत गरेको छ ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisement skip this