Comments Add Comment

पाँच दलिय गठबन्धन फुटेको हाडी हो । पूर्व मन्त्री सम्बाहाम्फे

यासोक- नेकपा एमालेका पूर्व मन्त्री तथा केन्द्रिय सदस्य डम्बरसिं सम्बाहाम्फेले पाँच दलिय गठबन्धन फुटेको हाडी भएको आरोप लगाउनु भएको छ । पाँचथरको कुम्मायक गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै एक पटक फुटेको हाडीलाई जोड्न नसकिने भन्दै फुटेको हाडीको संग्या दिनुभएको हो । समिति नेताहरुको स्वार्थ र इच्छा पूर्ती गर्न गठबन्धन गरेर चुनाव चिन्ह किन बेच गरेको आरोप लगाउनु भयो । यस्तो अवस्था अहिलेको गठबन्धन फुटेको हाडी जस्तै भएको दावी गर्नुभयो ।
उहाँले सिमित नेताको स्वार्थले गर्दा अर्को पाटीको चुनाव चिन्हमा आफ्नो पाटीको बिचार र सिद्धान्त बिर्सेर लड्नु पर्ने अवस्था आएको छ । आयोगले जुन पाटीको चिन्हमा चुनाव जितेको छ । सोही पाटीको जनप्रनिधिको प्रमाण पत्र प्राप्त गर्नेछ् । यस्तो अवस्थामा गठबन्धनले जनताको व्यक्तिगत स्वतन्त्रता समेत कुन्ठीत गरेको आरोप लगाउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ