Comments Add Comment

कुम्मायकमा मालपोतको घुम्तिशिविर:५ सय भन्दा बढिले सेवा लिए ।

रमेश थापा पाँचथर
पाँचथर—पाँचथरको कुम्मायक गाउँपालिकामा आइतवारदेखि मालपोतको घुम्तिशिविर संचालनमा आएको छ । गाउँपालिकाको समन्वय तथा जिल्ला मालपोत कार्यालयको प्राविधिक सहयोगमा शिविर संचालन आएको हो । 
मंसिर ५ गतेदेखि ११ गतेसम्म संचालन हुने घुम्तिशिविरको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले उद्घाटन गर्नुभएको थियो । लामो समयदेखि जग्गाको कारोवार गर्न समस्या भोग्दै आएका नागरिकलाई मालपोत कार्यालयले ठुलो गुन लागएको भन्दै अध्यक्ष चेम्जोङले प्रशंसा गर्नुभयो । नागरिकलाई गाउँ घरमै मालपोत सम्बन्धि सम्पूर्ण सेवा दिने उदेश्यले जिल्लाका सबै स्थानीयतहमा सात दिने शिविर संचालन गर्दै आएको कार्यालयले जनाएको छ ।
 शिविरमा अंशबण्डा, लिखत पारित २५ जना, नामसारी ४०, सम्सोधन र घर कायम ९ र प्रतिलिपि २७ गरी १ सय १ जनाले प्रत्यक्ष सेवा लिएको जिल्ला मालपोत कार्यालयका प्रमुख बाबुराम पोख्रेलले जानकारी दिनुभयो । त्यस्तै शिविर संचालन भएको तीन दिनको अवधिमा ५ सय ५० जनाले सेवा लिएका छन ।
सात दिनसम्म संचालन हुने शिविरमा अंशबण्डा, धनिपुर्जा बितरण, नामसारी, बकसपत्र, दृष्टिबन्धकी, भोगबन्धकी, लिखित पारित जग्गाधनिको बिवरण लगायत सम्बन्धी सम्पूर्ण सेवा संचालन हुने मालपोत कार्यालयले जनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisement skip this