Comments Add Comment

कृषि क्षेत्रमा गाउँपालिकाको चासो : किसान परिचय पत्र वितरण

रमेश थापा  
पाँचथर—
नेपाल कृषि प्रधान देश हो । कुनै समय देश कृषिमा आत्मनिर्भर थियो । नेपालले कृषि जन्य बस्तु निर्यात गथ्र्यो । अहिले निर्यात घटेको छ भने आयत बढेको छ । जसका कारण कृषि योग्य जमिन क्रमश बााझिदै जान थालेको छ । तर तेह्रथुमको छथर गाउँपालिकाले कृषि क्षेत्रबाटै सम्भावना खोजी गर्दै आएको छ ।  बााझिएका जमिनमा कृषि उत्पादन गरी गाउँपालिकालाई कृषि उत्पादनबाट आत्मनिभर बनाउने लक्ष्य लिएको छ । गाउँपालिकाले धान दिवसको अवसरमा किसान परिचय पत्र वितरण सुरू गरेको छ । किसानहरूको पर्व भएकाले गाउँपालिकाले डिजिटल किसान परिचय पत्र वितरण गरेको हो । 

गाउँपालिकाको—१ र २ नम्बर वडामा ओैपचारिक रुपमा परिचय पत्र वितरण सुरू गरिएको गाउँपालिका प्रवक्ता राजन नेपालिले जानकारी दिए ।      गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाद्वारा एक कार्यक्रमका बीच ओैपचारिक रूपमा वितरण गरेको हो । गाउँपालिकाले किसानको घरमै पुगेर  डिजिटल एप प्रयोग गरेको थियो । कुल २ हजार ७ सय १८ किसानहरूको विवरण संकलन गरी परिचय पत्र छापिएको सन्तोष तिगेलाले बताए ।

गाउँपालिकाको क्रमस : सबै वडाहरूमा ओैपचारीक रूपमा वितरण गरिने योजना रहेको कृषि शाखाले बताएको छ । ओैपचारिक कार्यक्रममा बोल्दै अध्यक्ष तिगेलाले कृषि नै गाउँपालिकाको समृद्धिको आधार भएकाले उत्पादनमुखि कार्यक्रमलाई प्राथमिकता दिएको बताए । ‘हामीले एक घर, एक करेसाबारी कार्यक्रम, बााझो जमिनमा उत्पादन कार्यक्रम, जस्ता  निति कार्यक्रम र बजेटको तयारी गरेका छौ, लिम्बूले भने\ यसलाई तत्काल कार्यान्वयमा लान्छौ ।‍ गाउँपालिका बाट कृषि सेवा प्रवाहमा किसान परिचयपत्र अनिवार्य प्रयोगमा ल्याउने र परिचयपत्रको आधारमा कृषि कार्यक्रम जोड्ने योजना रहेको उनको भनाइ छ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisement skip this