Comments Add Comment

सिद्धदेवी मा.वि. नवमीडाँडामा अभिभावक भेला, सम्मान र शिक्षण सामग्री तथा छात्रवृत्ति वितरण कार्यक्रम 

दिपक दुलाल,असार १७ ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं १ स्थित सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडामा अभिभावक भेला, सम्मान र शिक्षण सामग्री तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।
 विद्यालयमा स्थापना गरिएका विभिन्न अक्षयकोषका छात्रवृत्तिहरु तथा गत शैक्षिकवर्ष २०७८ सालका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिनुका साथै यसवर्ष नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा अभिभावकहरुलाई सम्मान गरिएको छ । 
 यस्तै नयाँ अक्षयकोषदाता टिकाराज आङ्देम्बेलाई सम्मान पत्रद्धारा सम्मान गरिएको छ । उहाँले हालै स्वर्गिय श्रीमती तथा छोराको स्मृतिमा ३ लाख रुपैयाँ राशीको ‘‘माता लोकमाया तथा पुत्र दिपकराज आङ्देम्बे स्मृति अक्षयकोष” स्थापना गरिदिनुभएको छ । यस्तै विद्यालयका शिक्षकहरुलाई शैक्षिक सामग्रीको रुपमा एकएक थान ल्याबटप समेत प्रदान गरिएको छ ।


विद्यालयमा लाल बहादुर आङ्देम्बे र सुर्य केरुङ (आङ्देम्बे) ले स्थापना गर्नुभएको छत्रमान÷बमरानी स्मृति अक्षयकोषबाट गतवर्षको एस ई ई परीक्षामा उत्कृष्ट जिपिए ल्याउँने कुन्साङ डोल्मा तामाङ र नविन आङ्देम्बेलाई पुरस्कृत गरिएको छ । उक्त विद्यालयका पुर्व शिक्षक पुर्णानन्द निरौलाले स्थापना गर्नुभएको निरौला अक्षयकोष छात्रवृत्तिबाट गतवर्ष एस ई ई परीक्षामा सम्मिलित गरिब तथा जेहेनदार विद्यार्थी ममता आङ्देम्बेलाइ पुरस्कृत गरिएको छ । 
यसैगरी तेजमान÷देवी प्रसाद स्मृति अक्षयकोष छात्रवृत्ति र विद्यालयको आन्तरिक स्रोत समेत गरी उक्त विद्यालयमा आधारभुत तह देखि माध्यमिक तह सम्म अध्यनरत गरिब तथा जेहेन्दार २१ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।यसैगरी सो विद्यालयका प्रधानाध्यापक वीरेन्द्र कुमार खड्का र शिक्षक मिना कुमारी बस्नेतद्धारा घोषणा गरिएको छात्रवृत्ति पुरस्कार विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार ४ जना विद्यार्थीहरुलाई वितरण गरिएको छ ।  यस्तै उक्त विद्यालयबाट गतवर्ष कक्षा ११ मा उत्कृष्ट अङ्क ल्याउँने विद्यार्थी ज्योति हुमागाईंलाई विद्यालयको आन्तरिक श्रोत बाट पुरस्कार प्रदान गरिएको सो विद्यालयका प्रधानाध्यापक वीरेन्द्र कुमार खड्काले जानकारी दिनुभयो । 
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु,शिक्षक अभिभावक संघका पदाधिकारीहरु,विद्यालय आमा समूहका पदाधिकारीहरु,समाजसेवी,बुद्धिजिवि,सञ्चारकर्मी अभिभावकहरु,विद्यालयका सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।
जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्देम्बेको प्रमुख आतिथ्यता, फाल्गुनन्द १ का वडाध्यक्ष होम प्रसाद आङ्देम्बेको विशेष आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रराज (सि.आर.)आङ्दम्बेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाम्रा सहकर्मी दिपक दुलालले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ