रमेश थापा
पाँचथर—पाँचथर फिदिम नगरपालिकामा संचालन भएको निशुल्क आँखा शिविरबाट पहिलो दिन ४ सय बढिले सेवा लिएका छन । नगरपालिकाको सहयोग, मेची आँखा अस्पतालको प्राविधिक सहयोग र जनसेवा समाज पाँचथरको आयोजनामा शिविर संचालन भएको हो । शिविरबाट पहिलो दिन ४ सय ७ जनाले सेवा लिएका थिए । जस मध्ये ४६ जनाको आँखाको शल्यकृया र ३ सय ६१ जनाको आँखा चेक जाँच र औषधी बितरण गरिएको जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताए ।
चार दिनसम्म संचालन हुने शिविर जिल्ला अस्पताल परिसरमा आजबाट सुरु भएको छ । आजबाट सुरु भएको शिविर आगामी असोज ४ गतेसम्म सञ्चालन हुने अधिकारीले बताए । शिविरको उद्घाटन प्रमूख अतिथि जिल्ला समन्वय समिति पाँचथरका प्रमूख रामराज आङदेम्वेले गरेका थिए । उद्घाटन कार्यक्रममा फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले र पाँचथरका प्रमूख जिल्ला अधिकारी गणेश गैरेले मन्तव्य राखेका थिए । उत्घाटन समारोह जनसेवा समाज अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।