Comments Add Comment

लिभरपुल किन्ने होडमा भारतीय अर्बपति मुकेश अम्बानी

२७ कात्तिक, काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानी विश्व चर्तित इंग्लिस क्लब लिभरपुल किन्ने होडमा देखिएका छन् । इंग्लिस सञ्चारमाध्यम ‘द मिरर’का अनुसार मुकेश अम्बानीले लिभरपुल किन्ने इच्छा देखाएका हुन् ।

प्रिमियर लिग महारथी क्लबका हालका मालिक फेनवे स्पोर्ट्स ग्रुप ९एफएसजी० ले लिभरपुललाई बिक्रीमा राखेपछि क्लब किन्ने होडमा अम्बानी पनि अघि सरेका हुन् ।

एफएसजीले सन् २०१० मा लिभरपुल खरिद गरेको थियो । मिररका अनुसार एफएसजीले लिभरपुलको बिक्री मूल्य ४ बिलियन युरो राखेको छ ।

रिलायन्स इन्ड्रस्टिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक समेत रहेका अम्बानी फोर्ब्सको सूचीमा विश्वकै सबैभन्दा धनीमा आठौं स्थानमा छन् । उनको सम्पत्ती करिब ९० बिलियन छ ।

साभार अनलाईन खबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ