Comments Add Comment

खुर्पा प्रहार गरी दुई जनाको हत्या गरेको अभियोगमा पक्राउ

नुवाकोट,२९,कात्तिक
दुप्चेश्वर गाउँपालिका-५ भगेरी डाँडा बस्ने १९ वर्षीया सम्झना खतिवडा र उनकी छोरी ४ वर्षीया कृष्टिना खतिवडालाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय पुष्कल भन्ने सोनाम तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

सोनामले मृतकको घरमा गई सम्झना र कृष्टिना खतिवडालाई खुर्पा प्रहार गर्दा दुवै जनाको सोमबार राति घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी समुन्द्रटार र जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनलाई घटनास्थल नजिकै रहेको जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ