Comments Add Comment

टिमुर खाँदा यति धेरै फाइदा

टिमुर नेपालमा पाइने एक किसिमको वनस्पति हो । बास्नादार टिमुरलाई मसलाका रूपमा लिइन्छ । यसको वैज्ञानिक नाम जान्थोजाइलम अर्मेटम हो । यसलाई संस्कृतमा तुम्बरु, तीक्ष्णफल, तीक्ष्ण पत्र र तीक्ष्णवल्क भनिन्छ ।

यसको बिरुवामा काँडैकाँडा हुन्छ । नेपालको महाभारत पर्वत शृंखलाको १२०० देखि २,५०० मिटरसम्मको उचाइका खुला पाखामा पाइन्छ । यसका अण्डवृत्त आकारका पात हन्छन् । पातका टुप्पा तिखा हुन्छन् । यसको बोटमा हरिया र केही पहेँला स–साना फूलहरू फुल्छन् ।

यसका फलहरू स–साना राता ४ देखि ५ मिलिमिटर व्यासका हुन्छन् । फलको स्वाद तितो, पिरो र जिब्रो पर्पराउने हुन्छ । यसको फलबाट बास्ना पनि आउँछ । बीउ गोलो र सानो हुन्छ । यसको गेडा अर्थात् फलहरू पाक्ने समयभन्दा केही अघि नै बोटबाट संकलन गर्नुपर्छ । पाकेपछि झर्छ । संकलन गरिएको टिमुर राम्ररी सुकाई सुक्खा गोदाममा राख्नुपर्छ ।

टिमुरका फाइदा

- नेपालमा टिमुर अचारको रूपमा बढी प्रयोग हुन्छ । यो छोइला र मासुमा पनि हालिन्छ ।
- नेपालमा टिमुरलाई विभिन्न औषधिका रूपमा प्रयोग गरिन्छ । हैजा, ज्वरो र पेटको विकार ठीक गर्न टिमुर लाभदायी हुन्छ ।
- टिमुरको बोक्रा, फल र बिउलाई दन्तमञ्जन, साबुन, अत्तरको रूपमा प्रयोग गरिन्छ । 
- जंगली जुका खसाल्न तथा जैविक विषादी बनाउँदा टिमुरको प्रयोग हुँदै आएको छ ।
- गाउँघरतिर टिमुरको तेल मर्किएको ठाउँ, टाउको दुख्दा र पिनास हुँदा प्रयोग गर्ने गरिन्छ ।
- युरोपका धेरै देशमा शृंगारका सामग्री र सुगन्धका प्रसाधनमा टिमुरको उपयोग गरिन्छ । त्यस्तै, त्यहाँका कतिपय मुलुकमा औषधिको रूपमा समेत प्रयोग हुन्छ ।
- चीनमा टिमुर एक प्रमुख मसलाका रूपमा भएको हुन्छ । टिमुरविना चिनियाँ भान्सा अधुरो हुने मास्टर सेफहरूको भनाइ छ । साथै, थाइल्यान्डमा समेत यो औषधिका रूपमा प्रयोग गरिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisement skip this