Comments Add Comment

अमला खानु भएको छ ? यस्तो गर्छ फाइदा

पाँचथर- अमला अति स्वस्थकर फल हो । अमला खाँदा अमिलो र टर्रो भए पनि खाएको एकै छिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ । ( भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । यसलाई सुख्खा चुर्णको रूपमा अन्य औषधिको रूपमा, अचारको रूपमा वा अन्य कुनै रूपमा प्रयोग गर्न सकिन्छ । यो एउटा पतझर रुख हो । यो घाम मन पराउने बिरुवा हो । त्यसैले यो तराई, र तल्लो पहाडी भागमा पाइन्छ । यसका पातहरू एउटै डाँठमा मसिना दुवैतिर लहरै मिलेका हन्छन् । 

यसको फल भिटामिन "सि’ को मुख्य श्रोत मानिन्छ । यो प्रसिद्ध आयुर्वेदिक औषधि त्रिफलाको एउटा अवयव हो । त्रिफलाले दिसा सफा गराउने , सुन्निएको कलेजो ,ववासिर र पेटसम्बन्धी सिकायतहरूमा फाईदा गर्दछ । अमलाको फल खाना पचाउने ,रक्तअल्पत्ता ,कमलपित्तमा पनि उपयोगी मानिन्छ । सुकेका फलहरू आउँ र दिसा पखालामा पनि प्रयोग गर्ने चलन छ । यस बाहेक यसका फलहरू कपाल कालो बनाउने, कालो मसी बनाउने काममा प्रयोग गरिन्छ ,भने फल तथा बोक्रा छाला प्रशोधन गर्न र रङ्गाउन पनि प्रयोग गरिन्छ ।

अमलाका फाईदाहरु:-

  • अमलाको नियमित सेवनले शरीरमा पाचन शक्ति बढाउनुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ।

  • अमलाको सेवनले बूढोपन हुनबाट जोगाउनुका साथै मधुमेह तथा मुटु सम्बन्धी रोग लाग्नबाट बचाँउछ।

  • यसको सेवनले शरीरमा भएका विकार पदार्थहरू बाहिर निकाल्न मद्दत गर्छ।

  • अमलाको नियमित सेवनले शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउनुका साथै रगत सफा गर्न मद्दत गर्छ।

  • यसको नियमित सेवनले त्वचा तथा कपाललाई सुन्दर बनाउन मद्दत गर्छ।

  • अमलाको सेवन गर्नाले रुघाखोकी निको हुनुका साथै पिसाब सम्बन्धी रोगहरूबाट छुटकारा पाउन मद्दत मिल्छ।

  • कपाल झर्ने समस्या भएकाहरूका लागि अमलाको सेवन लाभदायक छ ।

  • अमलाले आँखाको ज्योति बढाउने मात्र होइन, अमलाको नियमित सेवनले रतन्धो हुन दिँदैन ।

  • अमला खाँदा कब्जियत, अपच, डाइरियाजस्ता समस्या हटेर जान्छ । त्यस्तै, यसको नियमित सेवनले स्फूर्ति बढ्छ । अमला खाएमा मुटुसम्बन्धी रोग लाग्नबाट पनि बच्न सकिन्छ ।

  • डाइबेटिज, कोलस्ट्रोल, रुघाखोकी, मुखमा हुने घाउ-खटिरा जस्ता रोगबाट छुटकारा पाउन सकिन्छ,

    हाम्रो गाउँठाउँमा सजिलै उपलब्ध हुने अमला फलमा पोषणको मात्रा अत्यधिक लुकेको हुन्छ । यो फलमा उपलब्ध मिनरल्स र भिटामीनले हाम्रो शरीरलाई आवश्यक पोषण दिने मात्र नभई यसले शरीरमा रोग समेत लाग्न दिदैन । यसको सेवनले अझ धेरै भन्दा धेरै  फाईदा मिल्छ ।

     

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ