Comments Add Comment

पाँचथरमा निर्वाचनको तयारी पूरा । चार हजार बढि कर्मचारी खटिए 

पाँचथर- एक मात्र प्रतिनिधि सभा रहेको पाँचथर जिल्लामा निर्वाचनको पूर्व तयारी पूरा भएको छ । भोली हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको अन्तिम तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ । 


जिल्लामा प्रतिनिधि सभातर्फ ६ स्वतन्त्र उमेद्धार सहित १५ जना प्रतिनिधि चुनावी मैदानमा छन् । त्यस्तै प्रदेश निर्वाचन क्षेत्र  १ मा स्वतन्त्र २ सहित १० उमेद्धवार र प्रदेश निर्वाचन क्षेत्र २ मा ९ जना गरी कुल ३३ उमेद्धवार चुनावी मैदानमा छन् ।
जिल्लामा १०२ मतदान स्थल छन् । भने मतदान केन्द्र १७७ वटा रहेका छन् । पाँचथरमा १ लाख ३८ हजार ९ सय ३२ मतदाता रहेका छन् । निर्वाचनको शान्ति सुरक्षा कायम गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी सहित ३ हजार सुरक्षा कर्मी खटिएका छन् । त्यसै गरी मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी गरी १ हजार ४ सय १६ कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहाले बताए । 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisement skip this