Comments Add Comment

पाँचथरमा नेम्वाङ्,जबेगु र आङ्बोको सुरुवाती अग्रता

पाँचथर -पाँचथरमा प्रतिनिधि सभा तर्फ नेकपा एमालेका बसन्त नेम्बाङले सुरूवाती अग्रता लिएका छन् । ११४६ मत गणना हुँदा नेम्बाङले ५३६ मतका साथ अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेसका भिष्मराज आङदेम्बेले ३६३ मतका साथ पछ्याउदैछन् । नेम्बाङले १७३ मतकाे अग्रता लिएका छन् ।

प्रदेश सभा "क" मा नेकपा एकिकृत समाजवादिका कमल प्रसाद जबेगुले सुरूवाति अग्रता लिएका छन् । १२५६ मत गणना हुदा जवेगुले ५७१ र नेकपा एमालेमा राजकुमार भण्डारीले ४२६ मत प्राप्त गरेका छन् ।

यसरी नै प्रदेश सभा "ख" मा १३६२ मत गणना हुँदा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो (मौसम) ले ५८५ मत ल्याएर अग्रता कायम गरेका छन् । उनलाई नेकपा एमालेका अइन्द्रसुन्दर नेम्बाङले ४३६ मत साथ पछ्याउदै छन् ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisement skip this