Comments Add Comment

जिल्लाकै पहिलो पूर्णखोप सुनिश्चित गर्ने गाउँपालिकामा याङवरक

थर्पु, पाँचथर, ७ जेठ

नेत्रप्रसाद कोइराला- पाँचथरको याङवरक गाउँपालिका जिल्लाकै पहिलो खोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ। शनिबार एक कार्यक्रमकाबीच जिल्लाकै पहिलो पहिलो खोप सुनिश्चित गाउँपालिका घोषणा भएको हो ।

पालिकाले जन्मे देखी ५ वर्ष सम्मका बालबालिकालाई सम्पुर्ण खोप दिसकेपछी पुर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको हो ।

१६ हजार ८ सय २१ जनसंख्या भएको गाउँपालिकामा ५ वर्ष मुनिका १ हजार १ सय ९२ र १५ महिना मुनिका ३ सय ४२ जना बच्चाहरु सबैको आवश्यक खोपको मात्रा पुरा भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लि रमण पाण्डेले जानकारी दिनुभयो । पुर्ण खोप सुनिश्चित पालिका घोषणा गर्दै जिल्ला खोप समन्वय समितिले गाउँपालिकालाई प्रमाण पत्र वितरण गरेको छ ।

पाँचथर जिल्लामा क्षयरोग, निमोनिया, पोलियो, लहरे खोकी, धनुष्टाङकार, भ्यागुत्ते रोग,हेपटाइटिस बी, हेमोफिलस, रुबेला, दादुरा, मेनिन्जाइटिस, जापानिज इन्सेफलाइटिस, रोटा भाइरस तथा गर्भवती महिलाका लागी प्रदान गरिने सम्पुर्ण खोपहरु दिइदै आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

नेपालको संविधानको धारा ३५ मा नागरिकको मौलिक हकको रुपमा स्वास्थ्य सम्बन्धी हकलाई प्रत्याभुत गरेको छ । राष्ट्रिय खोप कार्यक्रम सरकारको पहिलो प्राथमिकतामा पर्छ । वि.सं. २०३४ सालमा बिफर उन्मुलन भए पश्चात नेपालमा खोप कार्यक्रम विस्तार भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ