रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकामा शैक्षिक गुणस्तर कमजोर छ। सामुदायिक विद्यालयमा पठनपाठन कमजोर भएको भन्दै अभिभावक निजी विद्यालयप्रति आर्कषित भएका छन। फलस्वरुप सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटेर बन्द हुने अवस्थामा पुगेका छन। तर यता कुम्मायक–५ को गुह्येश्वरी आधारभूत विद्यालयमा भने शैक्षिक गुणस्तर सुधार गर्न भन्दै विद्यालय प्रशासन र अभिभावकले चासो दिएका छन।
शिक्षाको गुणस्तर सुधार गर्न भन्दै अभिभावक र विद्यालय प्रशासनको बैठकले आठ बुदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । प्रतिवद्धता पत्रमा विद्यालयले वर्षमा तीन महिनाको अन्तरमा परिक्षा संचालन गर्नु पर्नेछ। परीक्षा सार्वजनिक गर्दा अभिभावक भेलागरी विद्यार्थीको कमिकमजोरी सहित नतिजा सार्वजनिक गनुपर्ने उल्लेख गरिएको छ। त्यस्तै अभिभावको बिवरण राखी विद्यार्थीको कृयाकलाप र विद्यालय हाजिर भए वा नभएको जानकारी दिनुपर्नेछ। त्यस्तै अनिर्वाय गृहकार्य दिने चेकजाँच गर्ने, समयमा विद्यालय हाजिर हुने लगायतका सर्त बुदामा समावेस गरेको छ।
यता अभिभावकले स्कुल पोषाक, जुत्ता शैक्षिक सामाग्री सहित नियमित विद्यालय पठाउँनु पर्नेछ। विद्यालयको शैक्षिक अवस्थाबारे नियमित अनुगमन गरी पृष्ठपोषण प्रदान गर्नुपर्ने उल्लेख गरेको छ । विद्यालय र अभिभावकले आठ बुदे शर्त कार्यान्वय गर्ने सहमती भएको विद्यालयका प्र.अ भक्त बहादुर तामाङले बताए। विद्यालयमा वर्षेनी विद्यार्थीको संख्या घट्दै गएको भन्दै शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको संख्या वृद्धि गर्न दुबै पक्षले सर्त अनुसार काम गर्ने बताए। कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्र प्रसाद चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको हो।