Comments Add Comment

विद्यालयका बालबालिकालाई न्यानो कपडा र स्टेशनरी


रमेश थापा 
यासोक—
जाडो मौसम सुरु भएसंगै सामुदायिक विद्यालयका बालवालिलाई प्रत्यक्ष असर परेको छ । आर्थिक रुपमा बिपन्न समुदायका बालबालिका थप प्रभावित भएका छन । तर लामो समयदेखि सामाजिक क्षेत्रमा कृयाशिल जनसेवा पाँचथरले बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरी प्रसंशा बटुल्दै आएको छ । 
पछिल्लो समयमा पाँचथरको फालेलुङ गाउँपालिका ६ को बुढिथाम आधारभुत विद्यालयका बालवालिलाई न्यानो कपडा र स्टेशनरी वितरण गरेको छ । दाताहरुको सहयोग जुटाएर जाडो मौसमबाट प्रभावित क्षेत्रका बालबालिकाहरुलाई न्यानो कपडा र स्टेशनरी बितरण गरेको हो ।
सो विद्यालयमा जिल्लाको फिदिम ५ का देवी तुम्वापोको आर्थिक सहयोग र जनसेवा समाज पाँचथरको संयोजनमा विद्यालयका २७ जना बालबालिकाहरुलाई न्यानो कपडा र स्टेशनरी वितरण गरेको हो । चिसो मौसममा लगाउने स्कुल स्वेटर, टोपी र स्टेसनरी सामाग्री बितरण गरिएको जनसेवा समाजका अध्यक्ष  राजेन्द्र अधिकारीले बताए ।
उक्त कार्यक्रममा फालेलुङ गाउँपालिकाका अध्यक्ष बीरबिक्रम थाम्सुहाङ, फालेलुङ ६ का वडाअध्यक्ष अम्बर राई,  वडा सदस्य ,बिद्यालय परिवार ,जनसेवा समाजका पदाधिकारी र अविभावकको उपस्थिति थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ