Comments Add Comment

पाँचथरका ५३ विद्यार्थीलाई स्विटर र स्टेशनरी

यासोक :-पाँचथरको फिदिम नगरपालिका २ को दिपज्योती आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्विटर र स्टेसनरी बितरण गरिएको छ । दाताहरुको सहयोगमा जनसेवा समाज पाँचथरको संयोजनमा विद्यालयमा अध्ययनरत ५३ जना छात्रछात्रालाई स्विटर र स्टेशनरी वितरण गरिएको हो ।
पाँचथर उद्योग बाणिज्य संघका अध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला सचिव दिपक नेपालको प्रायोजनमा विद्यार्थीलाई स्विटर र स्टेशनरी वितरण गरिएको हो । 
स्विटर र स्टेशनरी वितरण कार्यक्रममा प्रमूख अतिथि फिदिम नगरपालिकाका प्रमूख ओनाहाङ नेम्वाङ,दाता दिपक नेपाल, फिदिम २ का वडाध्यक्ष बिनोद ठाकुर, जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारी र पाँचथर उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत भिम कार्की लगायतले सामग्री वितरण गर्नुभएको थियो ।
नेपालले उपलव्ध गराएको २८ हजार रुपैंया बराबरको सामग्री खरिद गरेर बाल विकास केन्द्रदेखि कक्षा ५ सम्म अध्ययनरत ५३ विद्यार्थीलाई सामग्री वितरण गरिएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ