Comments Add Comment

कुम्मायकका उपाध्यक्ष खड्काको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

मनोज थापा

२८ जेठ, पाँचथर । कुम्मायक गाउँपालिकाका उपाध्यक्ष खड्काले आफ्नो कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा राखेका छन् ।

भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को मुरल राखेको थियो। त्यसको विरोधमा नेपालमा पनि ‘ग्रेटर नेपाल’को नक्सा राख्नुपर्ने मागहरु उठिरहेका बेला उपाध्यक्ष महेन्द्र बहादुर खड्काले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् ।

नेपाल प्रतिको माया, मातृभुमिको माया र नेपालको जमिनको संरक्षण सबैले गर्नुभन्ने भन्दै भारतले जारी गरेको नक्साको बिषयमा सम्बन्धित निकायको ध्यान नगएको भन्दै आफूले कार्यक्षमा नक्सा राखेको र  प्रदेश सरकार संघिय सरकारलाई समेत दबाब सिर्जना गर्नका लागि ७५३ वटै स्थानीय तहका जनप्रतिनिधिले ग्रेटर नेपालको नक्सा कार्यक्षमा राख्नुपर्ने उपाध्यक्ष खड्काको भनाई  छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ