Comments Add Comment

युइएफए नेसन्स लिगको उपाधी स्पेनलाई

काठमाडौं, ४ असार । स्पेन युइएफए नेसन्स लिगको च्याम्पियन बनेको छ ।

क्रोएसियालाई टाइब्रेकरबाट ५–४ ले पराजित गर्दै स्पेन युइएफए नेसन्स लिगको च्याम्पियन बनेको हो ।

पहिलो हाफ र दोस्रो हाफ दुवैमा रोमाञ्चाकारी प्रतिस्पर्धा देखिएको भए पनि निर्धारित र अतिरिक्त समयमा पनि दुवै टिमवाट कुनै गोल निस्कन सकेन । निर्धारित र अतिरिक्त समयमा पनि गोल ननिस्के पछि खेल ट्राइबेकरमा पुगेको थियो ।

ट्राइबेकरमा पुगेको खेलमा स्पेनले बाजी मार्न सफल हुदैँ लिग च्याम्पियनको उपाधी हासिल गर्न सफल भएको हो । 

यसअघि आइतबार राति नै नेदरल्यान्ड्समाथि ३–२ को जित निकाल्दै इटालीले नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ