Comments Add Comment

खाल्डे माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना

रमेश थापा 
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिका १ को खाल्डे मा.वि.मा अक्षयकोष स्थापना गरिएको छ। विद्यालयमा आयोजित एक कार्यक्रमका बीच १ लाख ८ हजार १ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ। कुम्मायक १ घर भएका वसन्त कुमार चाम्लिङले १ लाख ८००१ रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन। अक्षयकोषको व्याजबाट विद्यालयका गरिव, जेहेन्दार र असाय विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्ने उदेश्यले अक्षयकोष स्थापना गरेको चाम्लिङले बताए।
यस अघि पनि सोही विद्यालयमा १ लाख ५१ हजार रुपैयाँको स्व. खम्बसिं पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गरिएको थियो । यो संगै  २ लाख ५९ हजार १ रुपैयाँ अक्षयकोष स्थापना भएको विद्यालयकी नि. प्र.अ गिता खड्काले बताइन् । यसैबीच खाल्डे मा.वि.का प्र.अ एगेन्द्र बहादुर खड्काको पनि सोही कार्यक्रममा बिदाइ गरिएको छ। श्रोत व्यक्ति, गाउँपालिकाको शिक्षा अधिकृत हुदै विद्यालयमा १४ वर्षदेखि शिक्षण पेशामा आवद्ध खड्काको अवकाशपछि विदाई गरिएको हो।  विदाइ कार्यक्रममा खड्काले पनि विद्यालयको शैक्षिक सुधारको लागि २ लाख ५० हजार भन्दा बढि अक्षयकोष स्थापना गरिदिने प्रतिवद्धता व्यक्त गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक पौडेलले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ