रमेश थापा
पाँचथर: पाँचथरको फाल्गुनन्द गाउपालिका–६ मेहेलबोटेका अदिप परियारलाई फाल्गुनन्द एकता समाज मलेसियाले उपचारको लागि आर्थिक सहयोग गरिएको छ । फाल्गुनन्द एकता समाज मलेसियाले संकलन गरेको ३० हजार रुपैयाँ उपचारको लागि सहयोग गरेको हो । परिवारको खुट्टामा निस्किएको घाउको उपचारको लागि आर्थिक अभाव भएपछि परिवारले सहयोगको अपिल गरेको थियो । परिवारको अपिलपछि विपन्न समुदायका उनलाई फाल्गुनन्द एकता समाज मलेसियाका १५ जना प्रवासी युवाहरुले संकलन गरी पठाएको नगद ३० हजार रकम फाल्गुनन्द–६ का वडाअध्यक्ष नारायण प्रसाद आङदेम्बेले पीडित परिवारलाई हस्तान्त्रण गरेका थिए ।
अदिप परिवारको एक वर्ष अघि खुट्टामा काँडा बिजेको थियो । काँडा बिजेको स्थानमा अचानक ठुलो घाउ भएपछि उनलाई थप उपचारको लागि झापाको विर्तासिटी अस्पताल लगिएको थियो । आर्थिक अभावकै कारण उपचार गर्न समस्या भएपछि परिवारले सहयोगको अपिल गरेको थियो । फाल्गुनन्द एकता समाज मलेसियाले लामो समयदेखि सामाजिक क्षेत्रमा निस्वार्थ रुपमा सहयोग गर्दै आएको जनाएको छ ।