Comments Add Comment

क्यान्सर पीडित खवासलाई सहयोग जुट्दै,उपचारको लागि आठ लाखसम्म खर्च लाग्ने 

रमेश थापा
पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका–४ स्थीत यासोक बजारमा व्यवसाय गर्दै आएकी सिता खवासको लागि सहयोग रकम जुट्न थालेको छ । ब्लड क्यानसरका कारण पूर्वाञ्चल क्यान्सर अस्पताल बित्र्तामोडमा उपचार गर्दै आएकी खवासलाई सहयोग रकम संकलन हुन थालेको हो । खवासको उपचारको लागि आवश्यक पर्ने रकम देश तथा विदेशमा बस्ने सुभचिन्तक, स्टमित्र,आफन्त र साथीभाईहरुबाट जुट्न थालेको खवासका श्रीमान सुरेन्द्र खवासले बताए।
सहयोगको अपिल गरेको दुई दिनमै ६० हजार भन्दा बढि खातामा जम्मा भएको सुरेन्द्रको भनाइ छ। क्यान्सरको पहिलो स्टेप भएकाले ८ लाख खर्च हुन्छ भनेको छ। सुरेन्द्रले भने वित्तिय संस्था र साथीभाईहरुसंग काडखोज गरेर अढाइ लाख बुझाए, अव बाँकी साढे पाँच लाख जम्मा गर्नुपर्ने हुन्छ । त्यसको लागि आफुसंग पैसा नभएपनि सहयोगको अपिल गरेको हुँ ।’
खवासको उपचारको लागि आठ लाखसम्म खर्च हुने भएको छ। हालसम्म बिरामीको सबै टेस्ट पूरा गरी केमोथेरापी बाट उपचार सुरु भएको अस्पताल प्रशासनले जनाएको  ।  


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ