Comments Add Comment

राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा भट्ट चयन

काठमाडौं, २९ भदौ । नेकपा (माओवादी केन्द्र)निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको अध्यक्षमा अम्बादत्त भट्ट चयन भएका छन्।

शुक्रबार काठमाडौंमा बसेको संगठनको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले भट्टलाई अध्यक्षमा चयन गरेको हो। चैतमा सम्पन्न संगठनको महाधिवेशनबाट हरिबहादुर रावल अध्यक्ष र भट्ट वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत दोहोरिएका थिए।

महाधिवेशनले पाँच महिनासम्म रावलले संगठन चलाउने र त्यसपछि नेतृत्व भट्टलाई हस्तान्तरण गर्ने तय गरेको थियो। महाधिवेशनमा भएको सहमतिअनुसार संगठनको शुक्रबार सम्पन्न दोस्रो पूर्ण बैठकमा रावलले भट्टलाई नेतृत्व हस्तान्तरण गरेका हुन्।

बैतडी घर भइ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत भट्ट संगठनमा दुई कार्यकाल अध्यक्ष र पाँच महिना वरिष्ठ उपाध्यक्ष भइसकेका छन्। भट्टले संगठनको विधान मस्यौदा समिति संयोजकका रुपमा पनि जिम्मेवारी निर्वाह गरिसकेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ