Comments Add Comment

फुटबलको उपाधि आयोजक फाक्चुवालाई

रमेश थापा 
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिका–२ माङजाबुङमा जारी सतासी मेला प्रथम नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक फाक्चुवाले हात पारेको छ। सतासी मेलाको अवसरमा फाक्चुवा फा?सिङ चुम्भो साहारा समाजले आयोजना गरेको प्रतियोगितामा आयोजक फाक्चुवाले उपाधि हात पारेको हो। फाल्गुनन्द गाउँपालिका–२ इम्बुङलाई १–० को कठिन जित निकाल्दै आयोजक फाक्चुवाले उपाधि चुमेको हो।
उपाधि हात पार्न आयोजकका सुरेन लावतीले निर्णायक गोल गर्दै आफ्नो टीमलाई कठीन जीत दिलाएका थिए। सुरुवाती समयदेखि दुबै टीमले उत्कृष्ट खेल प्रर्दशन गरेका थिए । पहिलो हाफ गोल सहित बराबरीमा टुङ्गिएको थियो । दोस्रो हाफको अन्तिम समयमा आयोजकका सुरेन लावतीले खेलको २७ औं मिनेटमा १ गोल गर्दै आयोजकलाई जित दिलाएका थिए ।

प्रतियोगिताको उप बिजेता इम्बुङले नगद २५ हजार ट्रफि मेडल र प्रमाण पत्र हात पार्दै चित्त बुझाएको थियो भने बिजेता बनेको आयोजकले नगद ५० हजार, ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो। प्रतियोगिताको विजेता र उपविजेता टीमलाई गाउँपालिका उपाध्यक्ष महेन्द्रबहादुर खड्का, कुम्मायक–२ का वडाअध्यक्ष बालकृष्ण शेर्मा र ५ नं. वडाअध्यक्ष निर्मलराज घिमिरेले नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।
प्रतियोगिताको उत्कृष्ट गोल किपर आयोजकका निराजन लावती, बेस्ट प्लेयर सुरेन लावती, बेस्ट डिफेन्डर दुरेन लावती घोषित भए । उत्कृष्ट खेलाडीलाई नगद, ट्रफि, मेडल र प्रमाण पत्र हात पारेका थिए । त्यस्तै इम्बुङको तर्फबाट हाइस्कोरमा सुदिप नेम्वाङ घोषित हुदै उनले ट्रफि मेडल र प्रमाण पत्र हात पारे । भदौ २६ गतेदखि संचालन भएको प्रतियोगितामा १६ टिम सहभागी रहेको आयोजक फाक्चुवा फा?सिङ चुम्भो साहारा समाजका अध्यक्ष मोहन लावतीले जानकारी दिए ।


हाम्रो आधिकारिक युटुब च्यानल Subscribe गरी थप सूचना तथा ताजा ताजा समाचार प्राप्त गर्नुहोस!

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ