रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिका–२ माङजाबुङमा जारी सतासी मेला बि स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधि फिदिमका शैलेस आङदेम्बे र मङ्गेस तामाङले हात पारेका छन। सतासी मेलाको अवसरमा फाक्चुवा फा?सिङ चुम्भो साहारा समाजले आयोजना गरेको प्रतियोगितामा शैलेस आङदेम्बे र मङ्गेस तामाङले उपाधि हात पारेका हुन। कुम्मायक–१ का लक्ष्मी प्रसाद फेवादेन र भिमनारेन लिम्बू (लावती) को टीमलाई हराउँदै शैलेसको टीमले उपाधि हात पारेको हो।
प्रतियोगिताको उपबिजेता कुम्मायक–१ का लक्ष्मी प्रसाद फेवादेन र भिमनारेन लिम्बू (लावती) को टीमले नगद १० हजार, ट्रफि मेडल र प्रमाण पत्र हात पारेका थिए। त्यस्तै प्रतियोगिताको बिजेता बनेको शैलेस आङदेम्बे र मङ्गेस तामाङको टीमले नगद १५ हजार, ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको थिए। प्रतियोगिताको विजेता र उपविजेता टीमलाई गाउँपालिका उपाध्यक्ष महेन्द्रबहादुर खड्का, कुम्मायक–२ का वडाअध्यक्ष बालकृष्ण शेर्मा र ५ नं. वडाअध्यक्ष निर्मलराज घिमिरेले नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए। गत भदौ २६ गतेदेखि संचालन भएको प्रतियोगितामा १९ सेट सहभागी रहेको फाक्चुवा फा?सिङ चुम्भो साहारा समाजले जनाएको छ ।