Comments Add Comment

शिक्षक महासंघ फाल्गुनन्द गा.पा. को घोषणा: सम्पूर्ण शैक्षिक गतिविधिहरू बन्द गरेर सडकमा उत्रिने ...

दिपक दुलाल,असोज १
नेपाल शिक्षक महासंघ फाल्गुनन्द गाउँकार्यसमितिले सम्पूर्ण विद्यालयहरु असोज ४ गतेदेखि बन्द गरी काठ्माण्डौ केन्द्रित आन्दोलनमा सहभागि हुन फाल्गुनन्द गाउँपालिका भरीका सम्पूर्ण प्रधानाध्यापक,शिक्षक तथा कर्मचारीहरुलाई आव्हान गरेको छ। नेपाल शिक्षक महासंघ केन्द्रिय समितिको घोषित २०८० असोज ३ गतेदेखि सञ्चालन हुने  काठ्माण्डौ केन्द्रित आन्दोलनमा विद्यालय बन्द गरी सहभागि हुनका लागि सम्पूर्ण प्रधानाध्यापक,शिक्षक तथा कर्मचारीहरुलाई आव्हान गरेको हो। 
 नेपाल शिक्षक महासंघ फाल्गुनन्द गाउँकार्यसमितिले आज एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै हाल संघिय संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धि कानुनलाई संसोधन र एकिकरण गर्न बनेको विधेयक २०८० मा प्रस्ताव गरिएका शिक्षक,विद्यालय कर्मचारीहरुका पेशागत हक हित तथा ट्रेड युनियन अधिकार समेत कुुण्ठित पार्ने गरी आएका विषयहरुका विरुद्ध सशक्त आन्दोलनमा जानुपर्ने अवस्था सिर्जना भएको बताएको छ ।
 “हाम्रो रहर नहुँदा नहुँदै राज्यले हाम्रो पेशा प्रति नै धावा बोलेकोले हाम्रो पेशाको अस्तित्वलाई बचाइराख्न हामी केहि समय हाम्रो पेशागत धर्म पठनपाठनलाई स्थगित गर्दै हाम्रा मागहरु सम्बेधन नभएसम्म काठ्माण्डौ केन्द्रित आन्दोलनमा सहभागि हुनुपर्ने भएकोले केहि समय विद्यार्थीहरुको पठनपाठनमा असर भएता पनि भोलिका दिनमा बिदाको समय सद्दुपयोग गरी विद्यार्थीहरुको छुटेको कोर्ष पूरा गर्न हामी प्रतिबद्ध छौं”  विज्ञप्तीमा भनिएको छ । 
पश्चगामी शिक्षा विधेयक २०८० को संशोधनका लागि सम्पूर्ण अभिभावक,वि.व्य.स.शिक्षप्रेमी,राजनीतिक दलहरु,स्थानिय सरकार तथा आम जनसमुदायमा सहयोगका लागि हार्दिक अपिल गर्दै नेपाल सरकारबाट घोषित असोज २ गतेको राष्ट्रिय शिक्ष दिवस तथा सम्पूर्ण कार्यक्रमहरु आन्दोलन अवधिभर बहिष्कार गर्ने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाल शिक्षक महासंघ फाल्गुनन्द गाउँकार्यसमितिका अध्यक्ष वीरनर सिंह चेम्जोङ,सचिव मदन चेम्जोङ, नेपाल शिक्षक संघ फाल्गुनन्दका अध्यक्ष चन्द्रध्वज नेम्वाङ,नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव भिम बहादुर चेम्जोङ र अखिल नेपाल क्रान्तीकारी शिक्षक संगठनका अध्यक्ष खड्ग प्रसाद नेम्वाङले विज्ञप्तीमा हस्ताक्षर गर्नुभएको हाम्रा सहकर्मी दिपक दुलालले जानकारी दिनुभयो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ