Comments Add Comment

अपरिचित व्यक्तिको उद्धार

पाँचथर ः पाँचथरको फिदिम बजारमा बेवारिसे अवस्थामा रहेका एक भारतीय नागरिकलाई परिवारको जिम्मा लगाइएको छ । लामो समयको प्रयासपछि उक्त व्यक्तिलाई परिवारको जिम्मा लगाइएको हो । 
मानिसक अपांगता भएका भारतीय नागरिक बिगत करिब पाँच वर्षदेखि फिदिमको जोरसाल बजारमा बेसहारा अवस्थामा रहेका थिए । उनको दयानिय अवस्था देखेर जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले सरसफाइ गरी उद्धार गरेका थिए । आफ्नो नाम र ठाउ बताउँन नसक्ने उनलाई पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रान्तीको पहलमा मानवसेवा आश्रम बिराटनगरमा जिम्मा लगाइएको अधिकारीको भनाइ छ । 
भारतको गोडियामा घर भएका उनलाई परिवारको जिम्मा लगाइएको मानवसेवा आश्रम बिराटनगरले जनाएको छ । मानवसेवा आश्रमको लामो समयपछि उक्त व्यक्तिलाई भारतको गोडियामा रहेका परिवारलाई जिम्मा लगाएको मानवसेवा आश्रमकी कर्मचारी गंगा थापाले बताइन् ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ