Comments Add Comment

पाँचौ कुम्मायक गोल्डकप, कुम्मायक र मिक्लाजुङ गाउँपालिका भिड्दै

रमेश थापा
पाँचथर-
पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोकमा आज बाट सुरु हुने पाँचौ कुम्मायक गोल्डकपको पहिलो चरणको खेलमा कुम्मायक र मिक्लाजुङ गाउँपालिका भिड्ने भएका छन । स्थानीय पृथ्वी माविको खेल मैदानमा दिउसो २ बजे देखि प्रतियोगितामा कुम्मायक गाउँपालिका र मिक्लाजुङ गाउँपालिका बीच प्रतिस्प्रधा हुन लागेको हो । आजबाट सुरु हुने प्रतियोगिता १५ गतेसम्म संचालन हुनेछ् । जस्को सम्पूर्ण तयारी पुरा भएको आयोजक कुम्मायक स्पोटिङ क्लवका अध्यक्ष खेमराज निरौलाले बताए । 
पाँचथरका आठ स्थानीय तहहरुको सहभागीता हुने प्रतियोगिताको बिजेताले चाँदीको ट्रफि सहित नगद १ लाख ११ हजार १ सय ११ र उपबिजेताले ट्रफि सहित नगद ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडी १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र म्यान अफ दि म्याच हुने खेलाडीले नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ