Comments Add Comment

सडक नाटक प्रदर्शन

दिपक दुलाल
पाँचथर-
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१ नवमीडाँडामा लैंगिक हिंसा तथा बालविवाह न्यूनिकरण सम्बन्धि जनचेतनामुलक  सडक नाटक आज प्रदर्शन गरिएको छ ।
फाल्गुनन्द गाउँपालिका बहुक्षेत्रिय पोषण कार्यक्रमको आयोजनामा युगिन थिएटर नाट्य समुहद्धारा नवमीडाँडा बजारमा नाटक प्रदर्शन गरिएको हो ।
किशोरकिशोरीहरुको व्यवहारिक जीवनसँग मेल खाने कथावस्तु समेटिएको चेतनामुलक उक्त नाटक निक्कै आकर्षक बनेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।
प्रेम नेपालद्धारा लेखन, कमार ढकालद्धारा निर्देशन गरिएको र कमल घिमिरेले परिकल्पना गरेको उक्त नाटकमा चन्दा ढुंगाना,वर्षा खवास,चेतन घिमिरे,समिक्षा न्यौपाने,शेखर घिमिरे लगायतले अभिनय गरेका थिए ।
उक्त नाटक यस अघि फाल्गुनन्द गाउँपालिकाका विभिन्न वडामा समेत प्रदर्शन भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisement skip this