Comments Add Comment

कुम्मायक कुसायक त्रिशाली आमन्त्रण गोल्डकपः पाँचथर र इलाम सेमिफाइनमा

रमेश थापा
पाँचथरः पाँचथरको कुम्मायक गाउँपालिकामा जारी कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकपको सेमिफाइनमा पाँचथर फुटबल क्लब पाँचथर र रेड हर्स फुटबल क्लब इलाम प्रवेश गरेका छन। सोमवार पृथ्वी मा.वि.को खेलमैदानमा भएको दोस्रो दिनको पहिलो चरणको खेलमा कर्ण सिं सोनाम एफ.सि ताप्लेजुङलाई १–० अन्तरले हराउदै पाँचथर फुटबल क्लब पाँचथर सेमिफाइनमा प्रवेश गरेको छ। पाँचथरले पाएको फ्रिकिकको अवसरलाई सदुपयोग गर्दै रोजिन माझिले २२ औं मिनेटमा गरेको गोल निणार्यक बनेपछि पाँचथर सेमिफाइनलमा प्रवेश गरेको हो। प्रतियोगिताको उत्कृष्ट खेलाडी पाँचथरका रोजित माझी बन्दै उनले नगद  पाँच हजार र ट्रफि हात पारे।  
त्यस्तै दोस्रो क्वाटरफाइलन खेलमा रेड हर्स फुटबल क्लव इलामले २–१ गोल अन्तरले पूर्वाञ्चल ए.पि.एफ पकली, सुनसरीलाई हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ। खेलको १४ औं मिनेटमा इलामका अर्जुन गुरुंले गरेको प्रहारलाई ए.पि.एफ. का गोलरक्षकले नियन्त्रण गुमाउँदा अनगोल भएको थियो। दोस्रो आफको ५९ औं मिनेटमा इलामका अर्जुन गुरुङले गोल गरेका थिए। अतिरिक्त समयपछि थपिएको पाँच मिनेटमा ए.पि.एफ.ले पेनाल्टीको अवसर पाउँदै उज्जवल चाम्लीङ राईले सात्वना गोल फर्काएका थिए। प्रतियोगिताको उत्कृष्ट खेलाडी इलामका क्याप्टेन पुस्कर दाहाल भएका थिए ।   
प्रतियोगिताको बिजेताले टिमले नगद ३ लाख ५५ हजार ५ सय ५५ रुपैँया र उपबिजेता टिमले नगद १ लाख ७७ हजार ७ सय ७७ रुपैँया प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रत्येक खेलको म्यान अफ दी म्याचलाई ५ हजार, वेस्ट डिफेण्डर, वेस्ट किपर, सर्बोत्कृष्ट खेलाडी र सार्वाधिक गोलकर्तालाई जनही ८ हजारको दरले पुरस्कार प्रदान गर्ने र वेस्ट कोचलाई ५ हजार साथै प्रत्येक दिनको फ्यान अफ दी म्याचलाई समेत एक हजार रुपैँयाको दरले पुरस्कार प्रदान गर्ने अयोजक संस्थाका अध्यक्ष भिमनारेन लावतीले जनाए । बैशाख २३ गतेसम्म संचालन हुने प्रतियोगितामा आयोजक यलम्बर युवा क्लव सहित ८ तीमको सहभागी रहने छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ