Comments Add Comment

पराजयपछि हिंसामा उत्रिए मोरक्कोका प्रशंसक

रवत, २९ मंसिर
गत राति विश्वकपको सेमिफाइनलमा आफ्नो देशको हारपछि निराश बनेका मोरक्कोका फ्यानहरू हिंसामा उत्रिएका छन् । फ्रान्स र बेल्जियममा झडप भएका छन् । 
फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै अर्जेन्टिनासँगको फाइनल खेल पक्का गरेको थियो । नतिजाबाट निराश मोरक्कोका फ्यानहरूले फ्रान्सको सडकमा ज्वाला र आतिशबाजी प्रयोग गरेर विनाशको दृश्यहरू देखाएका छन् । 

तिनीहरूमध्ये एकले दक्षिण फ्रान्सको मोन्टपेलियरमा कारबाट फ्रान्सेली झण्डा च्यातेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो। 
मोरक्कोका फ्यानहरूले फ्रान्सको फाइनलमा छनोट भएको उत्सव मनाउनेहरूलाई वस्तुहरू फ्याँकेका थिए ।

बेल्जियमको राजधानी ब्रसेल्समा पनि दंगा प्रहरी तैनाथ गरिएको थियो जहाँ मोरक्कन मूलका  जनसंख्याको बाहुल्यता छ । भीड तितरबितर गर्न प्रशंसक र सुरक्षा बलहरू बीच झडप पनि भयो । तेस्रोका लागि शनिबार मोरक्कोले क्रोयसियाको सामना गर्दै छ । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ