Comments Add Comment

द्वितिया मेला :मिलनले तताइन् स्टेज, दर्शकले लिए मज्जा

पाँचथर– पाँचथरको फाल्गुनन्द गाउँपालिकामा पहिलो पटक आयोजना गरिएको बृह्रत साँगितिक साँझमा गायिका मिलन नेवारले धमकेदार प्रस्तुती राखेर दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिन । शुभ दिपावली (बलिहाङ तङनाम) को अवसरमा फाल्गुनन्द ६ र ७ नं. वडाको संगम स्थल आङसराङको वसाँगुमा गायिका नेवारले स्टेज तताएकी हुन । उनले चर्चित गित फुलबुट्टे साडी, गाला रातै गाला रातै, सुनसान रातमा लगायतका दर्जन बढि गित गाएर दर्शक नचाएकी थिन् ।परम्परागत रुपमा लाग्दै आएको ऐतिहासिक द्धितिया मेलाको अवसरमा आयोजना गरिएको सांगितिक कार्यक्रममा कलाकारहरु राजु आङदेम्बेले “चैतको महिना, गुराास फुल्यो” गित प्रस्तुत गरेका थिए । त्यस्तै गायक बिकाश लिम्बू, असोक मुकारुङ, एकान्त आङदेम्बे, सुजन आङदेम्बे र स्थानीय कलाकारहरुले बेजोड प्रस्तुति राखेका थिए । कार्यक्रम त्रिबेणी युवा क्लब नेपालले आयोजना गरेको हो 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ